१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

‘मिस एण्ड मिसेस ब्यूटीफुल नेपाल-२०२४’ सम्पन्न

दक्ष इन्टरनेसनल र राज ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत नवौं संस्करणको ‘मिस ब्यूटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्यूटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन्।

प्रतियोगितामा ‘मिस ब्यूटीफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, ईश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाइस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भए।

त्यस्तै ‘मिसेस ब्यूटीफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भए। फिनालेमा दुवै समूहका आठआठ गरी १६ प्रतिष्पर्धी थिए।

प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखरेल र निलम गुरुङ थिए। कार्यक्रमको अध्यक्षता दक्ष इन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेले गरेका थिए। कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही लगायतको उपस्थिति थियो।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको कोरियोग्राफर रबिता मगर थिइन्। प्रतियोगिताको इभेन्ट मेनेजर गीता उप्रेती थिइन्।

प्रकाशित: २३ असार २०८१ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App