१९ असार २०८१ बुधबार
image/svg+xml
कला

रञ्जना लिपि सिकाउने भिडियो र नेपालभाषा शब्दकोष एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने (ट्युटोरियल) भिडियो तथा नेपाल भाषा डिक्सनरी (शब्दकोश) को एप बिहीबार सार्वजनिक गरिएको छ। काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल लिपि गुथि र दबुली नेपालको संयुक्त प्रयासमा ट्युटोरियल भिडियो र एप तयार गरिएको हो।

भिडियोको सहयोगबाट नेपालको मौलिक र कलात्मक लिपिहरू प्रचलित नेपाल लिपि र रञ्जना लिपि जोकोहीले लेख्ने सक्नेछन्। त्यस्तै नेपाल भाषा डिक्सनरीको सहयोगले नेपाल भाषाका शब्दको अर्थ खोज्न र नेपाल भाषा सिक्न मद्दत हुने बताइएको छ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नेपाल भाषा एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दर, भाषा आयोगया सदस्य सुरेश मानन्धर र नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले संयुक्त रूपमा एप र भिडियो सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यस एप र भिडियोको सहयोगले नेपाल भाषा सिक्ने र लिपि लेख्न सक्नेमा विश्वास व्यक्त गरिन्। उनले युवा पुस्ता र बालबालिकालाई लक्षित गरि आगामी दिनमा पनि भाषा र लिपि संरक्षणका लागि प्रविधिमैत्री कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा भिडियो सन्देशमार्फत डिक्सनरी एपबारे जानकारी दिँदै नेपाल भाषा डिक्सनरी एपका प्र्रोजेक्ट प्रमुख सुभाषराम प्रजापतिले यस एपमा रोमन, देवनागरी तथा नेपाल लिपि टाइप गरी शब्द खोज्न सकिने जानकारी दिँदै एपमा नेपाल भाषाका ४१ हजार शब्द समावेश गरिएको बताए। नेपाल लिपि गुथिको ४४औं वार्षिकोत्सवको अवसर पारेर एप र भिडियो सार्वजनिक गरिएको हो। 

प्रकाशित: ७ असार २०८१ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App