१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला

बसेका सबै थाकेका हुँदैनन्!

पाँच मुक्तक

१) मुक्तक

धब्बा देखिन्छ जूनमा पनि,

कमजोरी हुन्छ सुनमा पनि।

दुःख छ भनी नसोच मलाई,

आनन्द आउँछ रूनमा पनि।

२) मुक्तक

मायाप्रेममा कुनै सीमा हुँदैन,

सरूवा, रमाना, बिमा हुँदैन।

बोट यसको तनमनमा हुन्छ,

नखोज्नू, खेतबारीमा हुँदैन।

३) मुक्तक

पीडा बिसाउने चौतारी भेटिन्न,

विचार मिसाउने दौंतरी भेटिन्न।

भाग्य कर्ममा आधारित हुन्छ,

सफलता त्यसै भौतारी भेटिन्न।

४) मुक्तक

मान्छे किन आज प्यादा भयो,

कामभन्दा कुरा ज्यादा भयो।

मपाइँत्व त कतिकति हजुर,

त्यसैले न मान न मर्यादा भयो।

५) मुक्तक

बसेका सबै थाकेका हुँदैनन्,

आउने सबै डाकेका हुँदैनन्।

भेट्दैमा क्याप्प खानु हुँदैन,

पहेंला सबै पाकेका हुँदैनन्।

प्रकाशित: १३ जेष्ठ २०८१ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App