६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने तयारी, सेनाले थाल्यो ट्रयाक खोल्न ब्लास्टिङ

बाढीका कारण अवरुद्ध बनेको धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको रणनीतिक सडकखण्ड यही असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण तीव्र पारिएको छ। सरकारले अवरोध हटाउन र क्षतिग्रस्त संरचना मर्मत गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेको हो।

हालसम्म गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्ड मर्मत भइसकेको छ भने सोही खण्डअन्तर्गत देवीघाटमा एक्रो ब्रिज समेत जडान गरिएको छ।

यस्तै, विदुरमा बाढीले भत्काएको सडकखण्डमा नयाँ ट्रयाक खोल्न नेपाली सेनाले ब्लास्टिङको काम सुरु गरिसकेको छ। उता रसुवाको बेत्रावतीमा बेलीब्रिज राख्नका लागि आवश्यक फाउण्डेशन निर्माणको काम पनि अघि बढाइएको छ।

बेत्रावती-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको खण्डमा भने सडक आवागमनमा समस्या छैन। तर, स्याफ्रुबेँसीमै एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएकाले त्यसको आवश्यक तयारी भइरहेको छ।

स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने पूर्ण रूपमा क्षतिग्रस्त भएकाले त्यहाँ नयाँ सडक बनाउन प्राविधिक सर्वेक्षण सुरु गरिएको छ। तत्कालका लागि असोजभित्रै यातायात सुचारु गर्ने र दीर्घकालीन रूपमा यस क्षेत्रमा स्थायी सडक नै निर्माण गर्ने सरकारको तयारी छ।

प्रकाशित: ६ आश्विन २०८३ १६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App