१६ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गीतकारकाे रूपमा उदाए हास्यव्यंग्यकार शाक्य

हास्यव्यंग्य विधामा रमाउँदै आएका माणिकरत्न शाक्यले आफूलाई गीतकारकाे रूपमा पनि चिनाएका छन्। उनले कालो बादल हुँ गीतमार्फत आफूलाई गीतकारकाे रूपमा चिनाएका हुन्।

नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त कलाकार शिशिर योगीले शाक्यकाे गीतलाई स्वर र संगीत दिएका छन्। याेगीले गीतलाई मीठाे स्वर मात्रै दिएका छैनन् उनकाे अभिनय काैशलले गीतमा सुनमा सुगन्ध पनि थपेकाे छ।

शिशिर याेगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको उक्त गीतमा प्रकृति र मानव जीवनकाे सुन्दर संयाेजन पाइन्छ।

उक्त गीतकाे अडियाे भिडियाे शिशिर याेगी, संगीत संयोजन अमूल कार्किधली, रेकर्डिस्ट कमल थापा, मिश्रण श्यामस्वेत रसाइली, रेकर्डिङ स्टुडियो प्रिज्म डिजिटल, गितार सञ्जीव बराइली र चेलो निषाद श्रेष्ठकाे रहेकाे छ।

याेगीकाे उक्त युट्युव च्यानलबाट मानिस खाेजिरहेछु, कर्णालीपारि, बाेल्ने काेही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ र जस्ता सयाैं गीतकाे रसास्वादन लिन सकिने छन्।

प्रकाशित: ३ जेष्ठ २०८१ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App