१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

ज्यान

लघुकथा

अत्याधिक चिसो बढ्यो। चिसो बढे पनि मलाई काम गर्न र स्कुटरमा हुइँकिन आनन्दै लाग्थ्यो।

सररर रोडमा निस्किएँ। कामैले निस्किएँ। करिब तीन किलोमिटरको यात्रामा निस्किनु र, फर्किनु थियो। स्कुटर, तीमाथि स्कुटरको गतिको हावा अनि हातखुट्टा चिसो, छाती चिसो। कपडाबाटै चिसो।

करिबकरिब बाटो क्रसिङमा पुगें। एउटा चिनारी कवाडीवाला। हाफ सुइटर र सटमा थियो।

मैले उसलाई आवाज दिएँ, ‘रे बौवा, हन यी जाडामा तोरा जाड नालगयी हि? अर्थात् हैन हौ भाइ, तिमीलाई यो जाडोमा जाडो लाग्दैन?’

ऊ हाँस्यो। उसलाई जाडोको पिर थिएन। उसलाई उसको आमाबुवा र भाइबहिनीको पिर थियो। यो चिसो मौसममा कवाडीको सामान बेच्नु थियो र बेलुका घरमा सबैसँग मिलेर, केही तातो खानु थियो। ऊ आफैं मालिक थियो। आफै पारिश्रमिक अवतार।

ऊ भन्न थाल्यो, ‘मास्टरजी, हुन त हो म पहिले ट्यूसन पढाउँथें। उसलाई मेरो नाम थाहा थिएन। सबैले मास्टर भनेर चिन्थे। त्यही मास्टर नाम अहिलेसम्म उसले मुखमा झुन्ड्याएको रहेछ।’

अँ, सुन्नुस् न मास्टरजी, हामी गरिबलाई जाडोले असर गर्दैन। पेटले असर गर्छ। पेटकै खातिर भए पनि म कवाडीको काम गर्छु।

मैले सही थपें, ‘मिहिनेत गरेर खाऊँ, चोरी नगर। कुरो मोडे। म चिसिएको कारणले ऊ पनि चिसियो होला भनेर सोधे,‘चिया पिउँछौं?’

उसले पिउँदिन भन्यो। ल त बहुत ठण्डा छ ख्याल गर। यति भनेर म हुइँकिएँ आफ्नै काम रफ्तारले।

ऊ कापेन। म ज्याकेट लगाएर पनि कापिरहेको थिएँ। ऊ कवाडी ठेला पाइडल घुमाउँदै पसीना निकाल्दै थियो। म भने स्कुटरमा सरर हावासँगै चिसिदै थिएँ।

लगत्तै अफिसतिर फर्किएँ। चिया पसले दाइले दाउराको आगो बालेका थिए। तातो चिया, अनि दाउराको तातो राप एकछिन त शरीर सेक्नै पर्‍याे नि! अलिक तात्तिएपछि फेरि पनि यो ज्यान आखिर अफिसलाई नै त हाजिर हो नि?’

प्रकाशित: १७ वैशाख २०८१ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App