१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

गुल्मीका साहित्यकार ठाकुर शर्मा भण्डारीलाई जानकी साहित्यिक पुरस्कार-२०८० प्रदान गरिने भएको छ।

‘जानकी प्रतिष्ठान’ ले स्थापना गरेको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सिर्जनामा लागेका स्रष्टा भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताए।

गुल्मीको सत्यवती गाउँपालिकाको जोहाङ, खैरेनीमा २०१० भदौ २५ गते जन्मिएका भण्डारी समालोचक, कवि र निबन्धकारका रूपमा परिचित छन्। उनका २८ पुस्तक प्रकाशित छन्।

२०३३ सालमा रुरुक्षेत्र गाउँपालिका-४ अन्तर्गत बलेटक्सारमा जन्मिएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा सक्रिय थिइन्। उनको ९ वर्षअघि ३९ वर्षको उमेरमा निधन भएपछि उनका श्रीमान् शङ्करप्रसाद गौतमले उनको स्मृतिमा किरण पुस्तकालय तम्घासमा एक लाख ५१ हजार एक सय ५१ रूपैयाँको अक्षय कोष स्थापना गरेका थिए।

कोषको ब्याजबाट हरेक वर्ष पुरस्कार प्रदान गरिंदै आएको छ। उक्त पुरस्कारबाट यसअघि साहित्यकार सूव सेन (सूर्यबहादुर सेन), भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भइसकेका छन्।

प्रकाशित: ६ वैशाख २०८१ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App