२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विशाल भण्डारी भन्छन्: ‘मापसे सेवन गरेर सवारी नचलाउनुस्’

दुई साताअघि दुर्घटनामा परेका निर्देशक विशाल भण्डारीले आफू र टिमको गल्तीले दुर्घटनामा परेको स्वीकारेका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै निर्देशक भण्डारीले आफू र टिमको गल्तीले दुर्घटनामा परेको स्वीकारेका हुन्।

‘जीवन एक भोगाई हो। मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ। सबै सिकाई र भोगाइको क्रम हो’, उनले अगाडि भनेका छन्, ‘दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौ। ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो। आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ।’ दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको भन्दै आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने उनले बताएका छन्।

उनले मापसे सेवन गरेर सवारी नचलाउन पनि आग्रह गरेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका कमेडियन सुशान्त बस्यालको स्वास्थ्यमा सुधार समेत भएको जानकारी भण्डारीले दिएका छन्।

मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो।  

प्रकाशित: २९ चैत्र २०८० १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App