२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पुष्पा–२ द रुल:भयानक रुपका साथ फेरि आउँदैछन् पुष्पराज

भारतको टलिवुड इन्डिस्ट्रिको बहुप्रतिक्षित चलचित्र पुष्पा–२ को टिजर सार्वजनिक भएको छ। जसमा टलिवुडका सुपर स्टार अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा छन्।  

अल्लु अर्जुनको जन्मदिनको अवसर पारेर निर्माताले चलचित्रको टिजर सोमवार सार्वजनिक गरेका हुन्।  

अर्जुन आफ्नो आइकोनिक अवतारका साथ फेरि पुष्पराजको भूमिकामा देखिने छन्। 'पुष्पा–२ द रुल' को टिजरले दर्शक र उनका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ।  

पुष्पा–१ द राइज मा आफ्नो दमदार भूमिकाले मोहित गरेका अल्लु अर्जुन चलचित्रको अर्को भागमा झन् कडा रुपमा प्रस्तुत भएका छन्।

चलचित्रको अर्को भागमा अल्लुको भूमिका निकै उत्साहजनक छ।  

सार्वजनिक गरिएको टिजरमा उनलाई भगवान कालीको अवतारमा देख्न सकिन्छ। ६८ सेकेन्डको टिजरमा उनको भूमिका भयानक देखिँदैछ। सारीको पहिरन, अनुहारको मेकअप पनि भिन्न र हातमा त्रिशुल लिएका अल्लुले पुष्पा–२ बाट दर्शक र फ्यानहरूलाई एकपटक फेरि मनोरञ्जनको पूर्ण आनन्द प्रदान गर्ने आँकलन गर्न सकिन्छ।

यसअघि चलचित्रको पहिलो भागमा अल्लु अर्जुनले एक ग्याङ्गस्टरको भूमिका निर्वाह गरेका थिए। जो रक्त चन्दनको तस्करीमा सहमावेश हुन्छ। उही ग्याङ्गस्टर पुष्पराज सबै तस्करहरूलाई पछि पार्दै राज गर्न तयार रहेको टिजरमा देख्न सकिन्छ।

पुष्पा-२ आगामी अगस्ट १५ मा रिलिज हुनेछ।

प्रकाशित: २७ चैत्र २०८० १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App