१७ असार २०८१ सोमबार
image/svg+xml
कला

सम्पन्न भयाे लघुकथा पुस्तक मेला

सिर्जना अभियान समाजको आयोजनामा एकदिने लघुकथा पुस्तक मेला गरिएको छ। मेलामा देशभित्र र बाहिर रहेका डेढ सयभन्दा बढी स्रष्टाका लघुकथा कृतिहरूको प्रदर्शनी तथा विक्रीवितरण भएको थियो।

पुस्तक मेलाकाे अवसरमा आयोजित परिचर्चा कार्यक्रममा समाजका सचिव ध्रुव मधिकर्मीले लघुकथा कृतिको प्रवर्द्धन र स्रष्टा-पाठक बीच संवाद स्थापित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए।

लघुकथाकार तथा लघुकथा कुनोका संस्थापक नारायण तिवारीले लघुकथामा लेख्नेहरूको संख्यामा उल्लेख्य वृद्धि होस् भन्ने लक्ष्यले फेसबुकमा लघुकथा कुनो प्रारम्भ गरेको बताउँदै अहिले लेख्नेहरूको उत्साहप्रद उपस्थितिले आफूलाई खुशी तुल्याएको उल्लेख गरे।

वरिष्ठ कवि तथा लघुकथाकार विधान आचार्यले प्रविधिले लेखकहरूलाई सजिलो तुल्याएको भए पनि पुस्तक प्रकाशन गर्दा परिमार्जन र शुद्धाशुद्धीको ख्याल गर्नुपर्ने बताए।

स्रष्टा प्राडा कपिल लामिछानेले उद्धेश्यअनुरूप मेला सार्थक भएको र पहिलो पटक यसरी लघुकथा पुस्तक मेला भएकोमा खुशी व्यक्त गरे।

नमस्ते लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानांगले आफ्नो संस्थाले लघुकथाका लागि विविध कार्य गरिरहेको उल्लेख गरिन्।

हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले सामाजिक सञ्जालको व्यापकताले लघुकथालाई पनि व्यापक बनाएको विचार व्यक्त गरिन्।

समाजका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षतामा भएको सो मेलाकाे परिचर्चामा स्रष्टाहरू ममता मृदुल, दीपक लोहनी, मनीषकुमार शर्मा र संयोजक हिमलाल श्रेष्ठले पनि मेलाको सार्थकता र सञ्जालको भूमिकाबारे आआफ्ना विचार राखेका थिए।

प्रदर्शनीमा वनमाली निराकार, डा. पुष्कर भट्ट, हरि थापा, लता केसी, मञ्जु काँचुली, डा. शेखरकुमार श्रेष्ठ, कुसुमाकर शर्मा, रुद्र अधिकारी, मनीषकुमार शर्मा, किरण आचार्य, ममता मृदुल, श्याम श्रेष्ठ सुरेन्द्रलाल भुजू दीप मग्रांती, लक्ष्मण थापा, कल्याण पन्त, अल्पविराम पोखरेली, नरेश अमात्य, सृजन लम्साल, म्यामराज राई, हरिगोविन्द भोमी, दीपक समिप, छविलाल खड्कार, मोतिशोभा श्रेष्ठ, मीरा काफ्ले आदि देशभित्र र बाहिरका थुप्रै स्रष्टाका कृति राखिएका थिए।

प्रकाशित: २० चैत्र २०८० १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App