१७ असार २०८१ सोमबार
image/svg+xml
कला

बजगाईंका दुई कृति लोकार्पण

साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथासङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रासङ्ग्रह)को लाेकार्पण गरिएको छ। यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो।

लिवरपुल युनिवर्सिटी हस्पिटलका डा शम्भु आचार्य, साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा लेखप्रसाद निरौला, डा.फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले दुवै कृति विमोचन गरेका ह’न्।

आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रासङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रिस र पोर्चुगलका २७ यात्रानुभूति समावेश गरिएका छन्।

उनको लघकथासङ्ग्रहमा ६१ समावेश छन्। हाल बेलायतमा बस्दै आएका साहित्यकार बजगाईंका १८ कृति प्रकाशित भइसकेका छन्।

कार्यक्रममा समालोचक डा फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रासङ्ग्रह युरोप भ्रमणको सँगालोमा आधारित रहेको बताए। उनले भने, “उहाँको यो पाँचौं नियात्रा कृति हो। यो रोचक र महत्त्वपूर्ण छ। यसमा उनले विभिन्न देशका भ्रमणयात्रा समेटेका छन् । साँस्कृतिक उत्खनन पनि भेटिन्छ।”

समीक्षात्मक टिप्पणी गर्दै प्राडा लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताए। उनले भने, “उहाँको नियात्राले ऐतिहासिक उत्खनन गरेको हुन्छ। नियात्रा पढ्दा लाग्छ उहाँलाई प्राचीन सभ्यताको चिन्ता छ। उहाँको नियात्राले सूचना पनि प्रदान गरिरहेको हुन्छ।”

बजगाईंका यसअघि  ‘कागजको मन्त्री’, ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् भने नियात्रा सङग्रहमा ‘दाइबुचु’, ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायतका प्रकाशित छन्। 

प्रकाशित: १८ चैत्र २०८० ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App