१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

किरण खरेल सम्मानित, प्रतिसरा सायमी र विष्णु राई पुरस्कृत

वासु शशी स्मृति परिषदले नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरेको वासु शशीको ८८औं जन्मजयन्ती एवं सम्मान समर्पण कार्यक्रममा सुप्रसिद्ध गीतकार किरण खरेल, साहित्यकारहरू प्रतिसरा सायमी र प्राडा विष्णु राई सम्मानित र पुरस्कृत भएका छन्।

परिषदका अध्यक्ष गणेश रसिकको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पुरस्कृतहरूलाई कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पुरुष वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दासले पुरस्कार समर्पण गरेका थिए। कार्यक्रममा ‘वासु शशी साहित्य सम्मान-२०८०’ बाट किरण खरेल सम्मानित भए।

यस्तै ‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।

कार्यक्रममा परिषदका सचिव प्रद्युम्न जोशीले स्वागत गरेको उक्त कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरूको परिचय कवि एवं चलचित्र निर्देशक प्रकाश सायमीले गरेका थिए।

 

कार्यक्रममा प्रमुख अतिथि दिव्य शताब्दी पुरुष वरिष्ठ  चिकित्सक गौरीशङ्कर लाल दास, अध्यक्ष गणेश रसिक, पुरस्कृत साहित्यकारहरू प्रतिसरा सायमी र प्राडा विष्णु राईले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा परिषद्का संरक्षक जुलुम वैद्य, कृष्ण-सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशी, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष साहित्यकार पदम विश्वकर्माले अतिथि आसनग्रहण गरेका थिए।

कार्यक्रममा वरिष्ठ आख्यानकार परशु प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो भने वासु शशी, कृष्ण जोशी र परशु प्रधानको योगदानको चर्चा पनि गरिएको थियो।

कार्यक्रममा वरिष्ठ कलाकारहरू मदनदास श्रेष्ठ, मिथिला शर्मा, पुरण जोशी, गीतकार चूडामणि देवकोटा, साहित्यकारहरू हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, उषा शेरचन, प्राडा गोविन्दमान सिंह कार्की, भागिरथी श्रेष्ठ, पवन आलोक, मातृका पोखरेल, युवराज नयाँघरे, ठाकुर शर्मा, विनोद नेपाल, कणाद महर्षि, मोमिला, सुमन खरेल, विजयध्वज थापा, जय छाङ्छा राई र डा. शान्तिमाया गिरी रहेका थिए।

त्यस्तै कार्यक्रममा तारा सुवेदी, नन्दु उप्रेती, विश्वविमोहन श्रेष्ठ, डा बुनु दाहाल, सुमन वर्षा, जयदेव भट्टराई, सुमन थापा, त्रिभुवनचन्द्र वाग्ले, श्रीबाबु कार्की, छविरमण सिलवाल, राजेश खनाल, सुभाषचन्द्र पौडेल भीमफेदीया, मधु पाठक, चेतनाथ कणेल हरित, अमर शाह, देवीप्रसाद पन्त, सरस्वती गौतम, नरेश श्रेष्ठ, ज्ञानेन्द्र विवश, मुकुन्दराज शर्मा, रुकु कार्की, विमल भौकाजी, प्रमोद ढुंगाना, गंगा पौडेल कर्माचार्य, राजेशमान केसी, जीवन श्रेष्ठ, मधु शाही लगायतको उपस्थिति रहेकोे थियो।

प्रकाशित: १५ चैत्र २०८० ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App