१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सिर्जना शर्मालाई लोकप्रिया पुरस्कार

साहित्यिक पत्रकार संघको हालै बसेको कार्य समितिको बैठकले लोकप्रिया पुरस्कार २०८० साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।

सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो।

सो पुरस्कारका लागि साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पद्यावती सिंह र पारस नेपाल सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो।

साहित्यकार सिर्जना शर्माका अन्त्यहीन पहिराहरू (कथासङ्ग्रह २००५), गोल्डेन गेट (उपन्यास २०१४), जुनकीरीको उडान (मुक्तकसङ्ग्रह २००५) लगायतका डेढ दर्जन कृति प्रकाशित छन्।

२०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रिया देवीको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन्। लोकप्रिया देवी १९५५ जेठमा जन्मिएर २०७७ जेठमा अवसान भएका  शारदाकालीन कवि हुन्।

नगद दश हजार एक सय राशि रहेको ‘लोकप्रिया पुरस्कार’ बाट यसअगि साहित्यकारहरू - गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ र चन्द्रकला नेवार सम्मानित भइसकेका छन्।

त्यस्तै हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष, लक्ष्मीदेवी राजभण्डारी, डा. गार्गी शर्मा,  प्राडा उषा ठाकुर, सुशीला भण्डारी, रन्जुश्री पराजुली, उन्नती बोहरा ‘शीला’, गोमा शर्मा (गुहावटी), रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, पुनम काफ्ले, अमेरिका, गङ्गा कसजु, डा. ज्ञानु पाण्डे, सुशीला देउजा, गीता क्षेत्री  (दार्जीलिङ), वीणा हाङ्खिम (दार्जीलिङ), डा. पुष्पा शर्मा (सिक्किम) र लतिका जोशी (सिलगढी) पनि सम्मानित भइसकेका छन्।

प्रकाशित: १५ चैत्र २०८० १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App