२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘लन्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक देखिए साम्राज्ञी र निश्चल

चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक मुडमा देखिएका छन्। पोस्टरमा यी दुईको लिपलक देख्न सकिन्छ।  

चलचित्रमा साम्राज्ञी र निश्चलसंगै कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। ‘लन्डन टु पेरिस’ बाटै मोडल गरिमा शर्माले पनि नेपाली सिनेमामा डेब्यू गर्दैछिन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन्।

प्रकाशित: १ चैत्र २०८० १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App