३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

नववीर

लघुकथा

भूतपूर्व लाहुरे हजुरबाले जङ्गिएर सोध्नुभो, “खै तिमीहरूको सिरुपाते? खै चम्किलो धारमा रगत? खै त शत्रुको छिनालिएको शिर? खोई कसरी तिमीहरू वीर?’

दुब्ली पातली नातिनी बोलिन्, ‘हजुरबा, म कम्प्यूटरमा केही त्यस्ता काम गर्न सक्छु जो संसारमा अरू कसैले सक्दैन।’

शालीन र भद्र नाति बोल्यो, ‘हजुरबा म संगीतमा केही त्यस्ता धुन बनाउँछु, सारा विश्व झुम्छ। मलाई स्याबासी दिन्छ र पुरस्कृत गर्छ।’

तेस्रो फुर्तिलो नाति बोल्यो, ‘हजुरबा म खेलकुदमा छु। देशको निम्ति क्रिकेट खेल्छु र देशलाई सधैं जित दिलाउँछु।’

हजुरबा केहीबेर घोत्लिनुभो र शान्त भई भन्नुभो,‘एए बुझेंबुझें, तिमीहरू नववीर हौ, नववीर। आज देशलाई नववीरहरूकै खाँचो छ। स्याबास!’  

प्रकाशित: २८ फाल्गुन २०८० १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App