१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अस्करमा ओपनहाइमरको बर्चस्वः सर्वश्रेष्ठ चलचित्रदेखि अभिनेतासम्मलाई अवार्ड

सन् २०२३ को सर्वाेत्कृष्ट चलचित्रको अस्कर अवार्ड ओपनहाइमरले जितेको छ। अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवार्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।

विभिन्न १३ विधामा नोमिनेट भएको ओपनहाइमरले ७ विधामा अस्कर अवार्ड जितेको छ।

सर्वश्रेष्ठ चलचित्रसँगै सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सह अभिनेता (रोबर्ट डाउनी जूनियर), सर्वश्रेष्ठ सिनेमैटोग्राफी (होयते वान होयतेमा), सर्वश्रेष्ठ फिल्म सम्पादन (जेनिफÞर लेम), सर्वश्रेष्ठ मौलिक सङ्गीत (लुडविग गोरान्सन) को अवार्ड ओपनहाइमरले आफ्नो नाम गरेको छ।

यसअघि, गोल्डेन ग्लब्स अवार्डस्मा पनि ओपेनहाइमरले विभिन्न ५ विधामा अवार्ड जितेको थियो।

फालर अफ एटोमिक बमको नामबाट प्रसिद्ध अमेरिकाका जे रोबर्ट ओपनहाइमरको जीवनीमा आधारित ओपनहाइमरले ९६० मिलियन डरलको व्यापार गरेको थियो।

प्रकाशित: २८ फाल्गुन २०८० ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App