२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

बंगलादेशमा साहित्यिक कार्यक्रम

बंगलादेश-नेपाल मैत्री समाजको आयोजनामा बंगलादेश र नेपालका साहित्यकारहरूको चार दिने साहित्यिक कार्यक्रम कक्स बजार र ढाकामा सम्पन्न भएको छ। विश्व साहित्य केन्द्रको सभागृहमा सम्पन्न समारोहका प्रमुख अतिथि संसद सदस्य अब्दुल्लाह अल कैसर हसनात रहेका थिए।

उक्त विशेष साहित्यिक कार्यक्रममा नेपाल स्रष्टा समाजाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र संरक्षक पवन आलोकले नेपाल र बङ्गलादेश वीच भएको भाषा,साहित्य र कलाको सम्बन्धबारे स्पष्ट पारेका थिए।

नेपाल बङ्गलादेश नेपाल फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लायन मोसिउर अहमद,नेपाली दूतावासका दोस्रो सचिव योजना बम्जन,सोसाइटीका सचिव सल्लाउद्दिन कुटुले दुई देशको हार्दिक सम्बन्धको बारेमा मन्तव्य व्यक्त गरेका थिए।

उक्त कवि गोष्ठीमा देविका तिमिल्सिना, मधु पाठक, डा.शान्तिमाया गिरी र लक्ष्मी रेशमीका साथै डा. दिलारा हाफिज, शेली सेनगुप्ता, शफिउल आलम तालुकदार, मोमिन मेहदी, विमल गुहा र प्राडा नजमा खानले कविता वाचन गरेका थिए।

बंगलादेश-नेपाल मैत्री समाजका अध्यक्ष लायन मोशिउर अहमदको अध्यक्षता भएको कार्यक्रममा इशाक हुसेन, मोहम्मद मोशिउर रहमान र महमुद खान बिजुले दुई देशको साहित्य र संस्कृतिको आदानप्रदानको प्रशंसा गरेका थिए।

कार्यक्रमअघि नेपालबाट गएका नेपाल स्रष्टा समाजको टोलीलाई ढाकास्थित नेपाली दूतावासमा राजदूत घनश्याम भण्डारीले स्वागत गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०८० १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App