१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

गायिका समीक्षा अधिकारी भन्छिन्: बलात्कारी दुई प्रकार हुने रहेछन्

गायिका समीक्षा अधिकारीले चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणको सत्य तथ्य छानिबन गरी अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन्।

सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन्।

जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन्।

दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख गरेकी छन्। जसबारे उनले ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन्।

‘यी दुवै फाँसीका लायक छन्’, समीक्षाले लेखेकी छन्,‘ चितवनकी बहिनी सालिना पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित: १९ फाल्गुन २०८० १६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App