१७ असार २०८१ सोमबार
image/svg+xml
कला

‘कार्टुन्ज क्रु’ काे वेबसिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो।

सार्वजनिक पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ। यसअघि रूचाइएका ‘हाम्रो हाइस्कुलु, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यु एण्ड आई’ पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो।

यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ। सरोज अधिकारी र सागर खनाल निर्माता रहेको सिरिजमा विजय अधिकार (बन्नी) कार्यकारी निर्माता छन्।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, सगिता बस्याल, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायत कलाकारको अभिनय छ। गायक प्रताप दासको केमियो भूमिका हुने। संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने छ।

एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ।

सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन्। एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ। सिरिजमा कुल १० एपिसोड हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०८० १६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App