२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

रेखा-पवन स्रष्टा सम्मान स्थापना

नेपाल स्रष्टा समाजका संरक्षक तथा पूर्व अध्यक्ष साहित्यकार पवन आलोक तथा उनकी धर्मपत्नी रेखा कणेलकाे नाउँमा ‘रेखा-पवन स्रष्टा सम्मान’ स्थापना भएको भएकाे छ।

साहित्यकार पवन आलोक तथा उनकी धर्मपत्नी रेखा कणेलका सन्तति छोरीहरू विमला कणेल थापा, रीता कणेल बस्नेत, अनिता कणेल श्रेष्ठ तथा छोराबुहारी सुनील कणेल तथा बुहारी माला कटुवाल कणेलले जनही तीनतीन लाख जम्मा गरेर १५ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

नेपाल स्रष्टा समाजले  उनीहरूका वैवाहिक वार्षिकोत्सव फागुन २४ गते कम्तीमा ६० वर्ष नाघेका र लेखनमा निरन्तरता दिइरहेका उत्कृष्ट एकजना साहित्यकारलाई  १ लाख १ सय ११ रूपियाँको ‘रेखा-पवन स्रष्टा सम्मान’ स्थापना भएको घोषणा गरिएकाे छ।

उक्त अवसरमा विभिन्न सम्मानको विशेषता, योगमाया, नियात्रा तथा अन्य सम्मान स्थापनामा पवन आलोकका भूमिका तथा यस सम्मानबारे चर्चा गरिएकाे थियाे।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ राेदनले पुरस्कारकाे नाउँमा बेथिति बढिरहेकाे बेला नेपाल स्रष्टा समाजले विचार, जात र आफन्त केही नहेरी उचित पात्रलाइ पुरस्कृत गर्दै आएकाे बताए। उनले ‘रेखा-पवन स्रष्टा सम्मान’ पनि उचित रूपमा प्रदान गर्न बताए।

त्यस्तै गरी नेपाल स्रष्टा समाजका निवर्तमान अध्यक्ष विधान आचार्यले ‘रेखा-पवन स्रष्टा सम्मान’ स्थापना हुनु आफैंमा वन्दनीय र स्तुतीय कार्य रहेकाे बताए। उनले नेपाली साहित्यमा याेगमालाई उचाइमा पुर्‍याउन नेपाल स्रष्टा समाजका संरक्षक पवन आलाेककाे पहिलाे भूमिका रहेकाे र यस्ताे राम्राे कामकाे मूल सूत्राधार उनकी धर्म पत्नी रेखा कणेल रहेकाे बताए।

वरिष्ठ समालाेक एवं साहित्यकार प्राडा लक्ष्मणप्रसाद गाैतमले स्रष्टा पवन दम्पति र नेपाल स्रष्टा समाजलाई बधाई दिंदै स्रष्टा समाजले विगतमा जस्ताे निर्विवाद रूपमा उचित पात्रकाे छनाेट गरेर पुरस्कृत गर्नुपर्ने सुझाव दिएका थिए।

सो अवसरमा पवन आलेक-रेखा कणेल, संस्थापक छोरीहरू विमला र रीताका अतिरिक्त नेपाली साहित्यिक पत्रकारिताका धरोहर अभिव्यक्तिका संस्थापक सम्पादक तथा प्रकाशक नगेन्द्रराज शर्मा, डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, विधान आचार्य, राधेश्याम लेकाली, गोविन्द गिरी प्रेरणा, देविका तिमिल्सिना, राजेश खनाल, चेतनाथ कणेल हरित, डा. सदानन्द कणेल, डा. शान्तिमाया गिरी, तारा सुवेदी, मणि लोहनी, रञ्जना निरौला, प्रकाश घायल, मधु पाठक, यादव भट्टराई, डा. गोविन्दमानसिंह कार्की, अश्विनी कोइराला, चेतनपथ माधव, श्रीराम राई, डिल्लीरमण सुवेदी आदि स्रष्टाहरूको उपस्थिति रहेकाे थियो।

प्रकाशित: १५ फाल्गुन २०८० १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App