२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ।

आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ।

भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसपछि उनले गाउन सकेनन्। उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन्। 

आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ। फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दु:खहरु समेटिएको छ। 

प्रकाशित: १४ फाल्गुन २०८० १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App