१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नौ जनालाई 'नइ पुरस्कार'

नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जनालाई २०७९ सालको 'नइ पुरस्कार' दिने निर्णय गरेको छ।

डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, प्रा.जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, प्रसूति विशेषज्ञ डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’ दिइने भएको छ।  

त्यसैगरी कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’ हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’, कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ दिइने भएको छ।

यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन्। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशित: ७ फाल्गुन २०८० १९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App