२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ!

मुक्तक

१) मुक्तक

तिमीलाई देख्छु रुन मन लाग्छ,

जीवनभर तिम्रै हुन मन लाग्छ।

सास फेर्न सक्छु तिमीले गर्दा,

चराझैं उडी छुन मन लाग्छ।

२) मुक्तक

लाजले  लजाउँदै मुख छोप्यो,

घिनले घिनाउँदै मुख छोप्यो।

धर्ती माताले धिक्कारेको देखेर,

फोहोरले सिठ्ठी बजाउँदै मुख छोप्यो।

३) मुक्तक

भन्थ्यो सधैं पसौला नि स्वच्छ निर्मल कोशीभित्र,

तर अहिले हुत्याइदियौ रक्सी पार्ने फोसीभित्र।

आखिर तिमी चोखै भयाै मलाई लाग्यो दाग हजुर,

गिनिज बुकमा चढाइदेउ नाम संसारकै दोषीभित्र।

४) मुक्तक

जूनलाई धर्तीमा झर्न मन छ,

उनलाई समुद्र तर्ने मन छ।

फरक एउटै छ हिजो र आजमा,

रामलाई नै आज सिता हर्न मन छ।

५) मुक्तक

तिमीले घर बेच्यौ उसले सुन बेच्यो,

तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो।

खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ,

तिमीले मन बेच्यौ उसले गुन बेच्यो।

प्रकाशित: ७ फाल्गुन २०८० ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App