१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

खोटाङ दिक्तेल छ ठाउँ सुन्दर!

कविता

खोटाङ दिक्तेल छ ठाउँ सुन्दर,

कला र साहित्य,संगितको भण्डार।

भुलभुले( साप्सु( रूपाकोट राम्रो,

मझुवाकी काली र मुन्दुम हाम्रो॥

बजार दिक्तेल खोटाङको केन्द्र,

नगरको हाम्रो दिक्तेल हो केन्द्र।

सुरम्य सुन्दर संस्कार राम्रो,

भाइचारा एकता मूलमन्त्र हाम्रो॥

सोल्मा र बाम्राङ जोडिएको ठाउँ,

खाल्ले र लफ्याङ सुन्दर छ गाउँ।

खेतीयोग्य ठाउँ नेर्पा  र दोर्पा,

बुवालुङको आलु निर्मलीको खुर्पा।।

उत्तरी गाउँ पाथेका र  खार्मी,

नयाँपन भर्ने जाल्पाली कर्मी।

तामाङ र शेर्पा नुनथला बस्ने,

जनसंख्या धेरै बुइपामा बस्ने॥

सबभन्दा टाढा छ विजयखर्क,

जुटेर ( उठेमा पाइन्छ हर्क।

हुँदैन भेद्भाव गरिन्छ कर्म,

सत्कर्म गर्दा नै पाइन्छ धर्म॥

( कवि दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।)       

प्रकाशित: ७ फाल्गुन २०८० ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App