१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

बादलले ल्याए ‘सोल्टिनी’

गायक बादल लिम्बूले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन्। गीतकार शान्ति लिम्बूले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन्।

भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक भएको यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा कलाकार गंगा लिम्बू र जमुना लिम्बू सोल्टिनीको भूमिकामा फिचर्ड छन्। उनीहरूसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपु लिम्बूको पनि अभिनय छ।

‘यो रोमान्टिक शैलीको प्रेम गीत हो। गीतमा लिम्बू संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बुले भने।

उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन्। गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो। 

प्रकाशित: ६ फाल्गुन २०८० १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App