२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए!

मुक्तक

१) मुक्तक

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए,

दोषी चस्मा छैनन् आँखा डाक्टर भइदिए।

विगत बिर्सी वर्तमानमा कोकोहोलो साथी,

आफ्नो गल्ती जाँचिदिने डाक्टर भइदिए।

२) मुक्तक

कान्छी भन्छिन् प्रिय आइदेऊ मलाई साथ,

मुस्कुराई दिलैबाट समाऊ मेरो हात।

रंगीन रात सम्झिएर हराउँछु सधैं,

अन्तर मन चुम्न सके सुन्दर हुन्छ रात।

३) मुक्तक

खुद्रे काममा अल्झिएर दिन नसक्नु,

साझा विश्वास जुटाएर लिन नसक्नु।

छुरा हानी बिगार्नेको पहिचान हुन सके,

साथ पाए मञ्जिल चुम्न किन नसक्नु।

४) मुक्तक

प्रेम गर्ने वह बुझ्ने साथी भेटिएन,

दुःख पर्दा मुटु दिने साथी भेटिएन।

अप्ठ्यारोमा गर्धन दिने मान्छे थोरै हुन्छन्,

सहयाेग गर्न अघि सर्ने साथी भेटिएन।

५) मुक्तक

तल्लाघरे अन्तरेले मुटुभित्र छल गरे,

मेरो सिन्दूर रंगाउन धेरै पटक बल गरे।

हैन इच्छा जबर्जस्ती किचकिच गरिदिने,

अर्की केटी भित्रयाएर मेरो पीडा हल गरे।

६) मुक्तक

प्रेम गर्ने वह बुझ्ने साथी भेटिएन,

दुःख पर्दा मुटु दिने साथी भेटिएन।

अप्ठ्यारोमा गर्धन दिने मान्छे थोरै हुन्छन्,

वियोगमा जली  मर्ने साथी भेटिएन।

७) मुक्तक

मेरो मन जलेको वर्षौं भएछ,

उनको शिर ढलेको वर्षौं भएछ।

बार्दलीमा लुकामारी खेल्दा खेल्दै,

हाम्रो चक्कर चलेको वर्षौं भएछ।

प्रकाशित: २६ माघ २०८० १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App