७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

गीतकार पाण्डेको ती नयन शराबी सार्वजनिक

चर्चित गीतकार त्रिविक्रम पाण्डेको नयाँ गीत ती नयन शराबीको श्रव्यदृश्य (भिडियो) एक समारोहका बीच सार्वजनिक गरिएको छ। ललितपुरस्थित कर्मचारी संचय कोषको सभाहलमा भएको सो समारोहमा वरिष्ठ संगीतकार दीपक जंगमले ती नयन शराबी गीतको श्रव्यदृश्य सार्वजनिक गरेका हुन्।

सार्वजनिकीपछि बोल्दै संगीतकार जंगमले कलाकार मदनकृष्ण श्रेष्ठ अझै गायनमा सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै सुन्दर ढंगले लेखिएको गीतले राम्रो स्वर र संगीत पाएको बताए।

गीतकार पाण्डेले गीतमा भावुकताका साथै मानवीय भावना र विषयको प्रस्तुति सरल होस् भन्नेतर्फ पनि ध्यान दिएको बताए।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको भाव र संगीत आफूलाई मन परेको बताए।

फैलियो माया दुबोसरी जस्ता चर्चित गीतका गीतकार पाण्डेको उक्त गीतमा संगीत हरिशरण सायमीले दिएका छन् भने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्धारा आयोजित सो कार्यक्रम रामहरि गौतमको सभा अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: २५ माघ २०८० ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App