१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ: मनिषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताउँदै अहिलेकै बाटोमा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने उल्लेख गरिन्।

वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको उनको भनाइ थियो। उनले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताउँदै रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको जिकिर गरिन्।

‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ। यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त। वीर नेपाली भनेर चिनिन्थ्यो। भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ। हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त। मान्छेहरु भन्छन्, रोमको आर्किटेक्चर राम्रो छ। म त अहँ। नेवारी आर्किटेक सबैभन्दा राम्रो छ, दुनियाँभरमा। नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ।’ उनले भनिन्।

अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताइन्।

प्रकाशित: १३ माघ २०८० ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App