२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कविता आजको

कविता

आज कविताभन्दा

तल्लाघरे कबिताकै चर्चा छ

वरपर/परवर उनकै पर्चा छ

तल्लाघरे कबिता

भाषणमा कराउँछिन्

मञ्चमा मेरो कवितालाई गम्छा ओढाउँछिन्

गम्छाले बाँचेको कवि तँ

के लेख्छस् कविता दुनियाँको?

ए कवि,

कविता हैन अब कबिता लेख्

किनभने,

दुनियाँ तेरो कविताको पछि हैन

दुनियाँ त तल्लाघरे कबिताकै पछि लाग्छन्  

तैले कविताका लागि

गम्छा ओढ्न पनि

तैंले कबिताकै पछि लाग्नुपर्छ।

प्रकाशित: २ माघ २०८० ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App