१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

मुस्ताङ चिनाउन एल्बम

काठमाडौं– पर्यटकको रोजाइमा पर्ने मुस्ताङलाई विश्वसामु चिनाउन ‘हाम्रो मुस्ताङ’ शीर्षकको एल्बम बजारमा आएको छ । प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतले एल्बम सार्वजनिक गरे । कार्यक्रममा सांसद अधिकारीले एल्बमको शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरेका थिए।

गीतमा गायिका टीका प्रसाईंको स्वर छ । भिडियोमा सन्तोष कोन्मेको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ भने भिडियोका परिकल्पनाकार बादल थकाली हुन् । बादलले एल्बममार्फत मुस्ताङको प्राकृतिक सौन्दर्यसहित कोरला नाका खुलाउनका लागि आह्वान गर्न खोजिएको खुलाए ।सात गीत रहेको एल्बममा टीका प्रसाईं, कृष्ण काफ्ले, रेश्मा पुन र लेखराज गुरुङको स्वर तथा मिलन मोक्तानको सोलो संगीत छ । गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिएको छ।
 

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App