५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला

भरिएको जवानीले मक्ख बनाइदिन्छिन्!

दुई मुक्तक

१) मुक्तक

मुस्कुराई आँखा मार्दै मक्ख बनाइदिन्छिन्,

भरिएको जवानीले मक्ख बनाइदिन्छिन्।

घरकी प्यारी लुटुपुटु बन्धन टुट्ने होइन,

अ‍ँगालोमा बाँधिएर मक्ख बनाइदिन्छिन्।

२) मुक्तक

चौतारीको सुसेलीले मक्ख बनाइदिन्छिन्,

लाली छोडी फक्रिएर मक्ख बनाइदिन्छिन्।

वरपिपल वारिपारि बन्धन छुट्ने होइन,

हाँसीहाँसी टाँसिएर मक्ख बनाइदिन्छिन्।

  -दिक्तेल, माघे सङ्क्रान्ति २०८०।

प्रकाशित: १ माघ २०८० ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App