२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एलिना चौहान भन्छिन्: ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्नुस्

गायिका एलिना चौहानले स्टेज भासिएर गायिका ज्योति मगर लडेको घटनामा ‘भद्दा मजाक’ नगर्न आग्रह गरेकी छिन्। 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायिका चौहानले उक्त भिडियोलाई लिएर ज्योति मगरमाथि  ‘भद्दा मजाक’ भइरहेको र त्यसो नगर्न आग्रह गरेकी हुन्।

उनले लेखेकी छिन्, 'म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफू अघिका दर्शकलाई रुझाउन अनि उहाँहरुको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मजाले महशुस गर्न सक्छु। उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो। कृपया त्यसो नगरिदिनुहोला। सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनैपनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो।' 

उनले साङ्गीतिक कार्यक्रममा दुर्घटना हुन नदिन आयोजकलाई जिम्मेवार र गम्भीर बन्न पनि सुझाव दिएकी छिन्।

इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

प्रकाशित: २४ पुस २०८० १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App