२५ असार २०८१ मंगलबार
image/svg+xml
कला

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्!

मुक्तक

१) मुक्तक

उधार्‍याे कसैले त टाल्यो कसैले,

निभाएको बत्ती बाल्यो कसैले।

बल्झिएर घाउ मुटु दुख्न थाल्दा,

जतन गरी काँडा फाल्यो कसैले।

२) मुक्तक

छातीको आँधी, आँखाको बाढी रोकेर उड्दैछु,

मुटुमा देश, घरको सपना बोकेर उड्दैछु।

रेमिट्यान्सबाटै स्वदेश सेवा, परदेशी छोराको,

त्यो रातो बाकस जीवनको मूल्य तोकेर उड्दैछु।

३) मुक्तक

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्,

छोरी हुन् लक्ष्मी भन्नेहरू नै किन घात गराउँछन्।

पशुको भए चाहिन्छ छोरी, मान्छेको छोरा रे,

समानताको दिएर नारा दिउँसै रात गराउँछन्।

४) मुक्तक

जहाँ खायो त्यहीं चुठ्ने कृतघ्न यो जात मान्छे,

सपनाको आकाश छेक्ने कालो औंसी रात मान्छे।

सभ्यताको इतिहासमा प्रतीत हुन्छ श्राप जस्तो,

विश्वासको फूलबारीमा एउटा मीठो घात मान्छे।

५) मुक्तक

जेजे गर्छ स्वनिर्णय गर्छ नियतिले,

कतिखेर कसको घडा भर्छ नियतिले।

खेलौना हौं मान्छे सारा उसकै हातका,

कहाँ, कहिले मृत्यु-बिज छर्छ नियतिले।

-दुर्गा वनवासी  

प्रकाशित: २४ पुस २०८० ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App