१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दीपिका भन्छिन्: बच्चा मन पर्छ, परिवार सुरु गर्ने पर्खाइमा छौँ

बलिउड नायक रणवीर सिं‌ह र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ। धेरैले उनीहरुलाई आइडल जोडीका रुपमा लिने गर्छन्।

उनै दीपिकाले पहिलो पटक आफ्नो निजी जीवनको बारेमा बोलेकी छिन्। उनले एक अन्तर्वार्तामा आफूहरू परिवार सुरु गर्ने पर्खाइमा रहेको बताएकी हुन्।

अन्तर्वार्तामा उनलाई पत्रकारले भविष्यमा आमा बन्ने सोचमा हुनुहुन्छ भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा दीपिकाले आफूलाई र रणवीरलाई बच्चाहरू धेरै मन पर्ने र  आफूहरू परिवार सुरु गर्ने पर्खाइमा रहेको बताएकी छिन्।

दीपिका र रणवीरले विवाह गरेको ५ वर्ष भइसकेको छ। यो जोडीले नोभेम्बर २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए। रणवीर र दीपिका पहिलो पटक भन्सालीको फिल्म ‘राम लीला’ को सेटमा भेटेका थिए। त्यसपछि दुवैले ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा पनि काम गरे।

दीपिकाको आगामी फिल्म फाइटर २५ जनवरीमा रिलिज हुँदैछ। यसमा दीपिका पहिलो पटक ऋतिक रोशनसँग देखिनेछिन्। 

प्रकाशित: १९ पुस २०८० १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App