४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

आगामी दशैंमा के ल्याउदै छन् दीपक ?

निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा पनि फिल्म प्रदर्शनमा ल्याउने संकेत गरेका छन्। 

आइतबार मात्र गिरीले सामाजिक सञ्जाल फेसबुकमा प्रश्नचिन्ह सहित २०८१ दशैं भनेर लेखेका छन्। उनले आफ्नो तस्वीर सेयर गर्दै २०८१ दशैं भनेर लेखेका हुन्। तस्बिरमा उनी राजाको चरित्रको झल्को दिने लुक्समा देखिएका छन्।  

तस्बिरसहितको उनको पोस्टले आगामी दशैंमा छक्कापञ्जाको पाँचौं सिक्वेल आउने संकेत दिन्छ।

दिपक दिपाले नै निर्माण गरेको ‘छक्कापञ्जा’ को सिक्वेलहरुले यसअघि पनि राम्रो कमाइ गरेको थियो। उनीहरुले अहिलेसम्म ‘छक्कापञ्जा’ र त्यसका सिक्वेलहरु एक, दुई, तीन र चार निर्माण गरिसकेका छन्।  ‘छक्कापञ्जा’ चार त दश करोड क्लबमा समेत प्रवेश गरेको थियो। 

प्रकाशित: १५ पुस २०८० ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App