१२ असार २०८१ बुधबार
image/svg+xml
कला

शाहरूखको 'डंकी' ले तीन दिनमा कमायो ७५ करोड

बलिउड अभिनेता शाहरूख खान स्टारर फिल्म 'डंकी' ले भारतीय बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।

भारतीय मिडियाहरुको अनुसार फिल्म 'डंकी' ले तेस्रो दिनसम्म आइपुग्दा ७५ करोड ८२ लाख भारू कमाइ गरेको छ।

२९ करोड २ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २० करोड १२ लाख र तेस्रो दिन २६ करोड ५० लाख भारू कमाइ गरेको हो।

शाहरूखको 'जवान' र 'पठान' प्रदर्शन भएसँगै यो फिल्मप्रति पनि दर्शकको आशा थियो। तर 'डंकी' ले यी दुई फिल्मको जस्तो कमाइ गर्न सकेन।

राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोवरको अभिनय छ।  

प्रकाशित: ८ पुस २०८० १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App