२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लन्डन आइपुगे मह जोडी

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन्।

‘मह जोडी युके टुर’ का लागि कलाकार द्वय बिहीबार साँझ हिथ्रो  उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्।

मह जोडी तथा टोलीका अन्य सदस्यलाई  आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयंसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए।

लन्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, 'बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य  आउनु होला।'
 

यसै गरी हरिवंश आचार्यले भने, 'यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौँ। भेटम्ला, रमाइलो गरम्ला।  राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि  चेन्ज भएको छैन।  सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसङ्गतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।'

उनले विमान स्थलमा आफूहरूलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिँदै आउँदो शनिवार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे। 'गीत सङ्गीत पनि हुन्छ।  तपाईंहरुलाई रमाइलो गर्ने कोसिस गर्छौं,' आचार्यले भने।

कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ  भीम तामाङले  तयारी भव्य भइरहेको बताए। 'लजिस्टिक्सको काम करिब करिब पुरा गरी सकेका छौँ। यो कार्यक्रम भव्य गराउन कहीँ पनि नचुक्ने गरी हामी  तयारी गरी रहेका छौँ,' उनले भने।

मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिवार ९२३ डिसेम्बर० अपराह्न ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपराह्न ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन्।

प्रकाशित: ६ पुस २०८० ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App