१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिकालाई

१२ औं ‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिका रानाले पहिरेकी छिन। रानाले फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधिको ताज हात पारेकी हुन।

उपाधिसँगै उनले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी एवम् विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन्। यस्तै विहान कार्की द्वितीय, प्रिन्सिका खाँण तृतीय र मेनिसा छहारी सान्त्वना भएकी छिन्। द्वितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना हुनेले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

विजयी भएकाहरूलाई आयोजक बाणगंगा बेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार राना, महासचिव दिनेश क्षेत्री र निर्णय मन्डलले ताज पहिराउँदै नगद हस्तान्तरण गरेका थिए

आइडलकालागि सुरुमा १३ जना प्रतिस्पर्धी छनौट भएका थिए। उनीहरुले गरेको प्रदर्शन निर्णायक र दर्शकले गरेको भोटका आधारमा छनौट गरिएको हो।

विजयी भएकी रानाले आफ्नो जीतको श्रेय अभिभावक, गुरु वर्गहरूलाई दिएकी छिन। उनले यो जितले आफू निकै खुसी भएको र आफूले यो समाजकालागि केही गरेर देखाउने बताइन।

बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको पौष १ गते समापन भएको हो।

प्रकाशित: २ पुस २०८० ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App