२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

डा. जोशीलाई श्यामविश्व पुरस्कार प्रदान

नेपालभाषाका आधुनिक कवि तथा लघुकथा लेखक डा. आनन्द जोशीको ‘प्यकालँय् जि जि’ लघुकथासंग्रहलाई याताज श्यामविश्व पुरस्कार प्रदान गरिएको छ। पुरस्कृत स्रष्टा मुलुकबाहिर रहेकाले प्रतिनिधिका रूपमा विष्णुकेशरी ताम्राकारलाई सो पुरस्कार हस्तान्तरण गरिएको थियो।

पुरस्कार हस्तान्तरणपछि बोल्दै प्रमुख अतिथि एवं समाचालोचक पुष्पराज राजकर्णिकारले डा. जोशीको लघुकथामा नयाँ दृष्टिकोण र प्रस्तुति अत्यन्त प्रभावकारी रहेको बताए।

पुरस्कारले आफ्नो सिर्जनालाई हौसला प्रदान गरेकोमा खुशी व्यक्त गरिएको स्रष्टा डा. जोशीको सन्देश कार्यक्रममा पढेर सुनाइएको थियो।

चयन कमिटीका सदस्य एवं समालोचक पूर्ण ताम्राकारले कवितामा चर्चित कवि जोशीले लघुकथामा पनि उल्लेख्य रहेको बताए।

याताजका संयोजक विमल ताम्राकारले पुरस्कृत स्रष्टाको परिचय प्रस्तुत गर्दै संस्थालाई अझ सक्रिय बनाउन छिटै पुनर्गठन गरिने बताए।

उक्त सम्मान समाराेहमा स्रष्टा श्याम आशाको नयाँ लघुकथासंग्रह थ्व देय् लोकार्पण पनि गरिएकाे थियाे। याताजको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व वरिष्ठ कवि योगेन्द्र प्रधानले गरेका थिए।  

प्रकाशित: २ पुस २०८० ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App