२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

बाह्रखरीका उत्कृष्ट पच्चिस कथा छनोट

पाँचौ ‘डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८०’का लागि उत्कृष्ट २५ कथा छनोट भएका छन्।

समालोचक प्राडा सावित्री कक्षपती, कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराईका निर्णायक समूहले बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८० का लागि उत्कृष्ट २५ कथा छनोट गरेको हो।

उत्कृष्ट २५ कथाका कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैंतैं धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्त बायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन्।

डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताको पाँचौ संस्करणका लागि भदौ ३१ गते कथा आह्वान गरिएको थियो। जसअन्तर्गत देशविदेशबाट ८४३ कथा संकलन भएका थिए।

संकलित कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५५ कथा छनाेट गरेर उत्कृष्ट २५ लागि प्राडा कक्षपतीको संयोजकत्वमा रहेको बाह्य निर्णायक समूहलाई बुझाइएको थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट तीन विजेता घोषणा तथा कथाकृति विमोचन पुस ८ गते हुने भएकाे छ।

प्रकाशित: १ पुस २०८० ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App