२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

काठमाडौंमा ‘ओम तृप्यन्ताम’ को परिचर्चा

लघुकथा समाज कोशीले साहित्यकार शंकर खरेलको लघुकथासंग्रह ‘ओम तृप्यन्ताम’ को परिचर्चा कार्यक्रम आयोजना गरेको छ।

‘न्यू सृष्टि’ दैनिकका प्रधानसम्पादक तथा साहित्यकार खरेलको ‘ओम तृप्यन्ताम’ केही समयअघि विराटनगरमा ‘ओम तृप्यन्ताम’को लोकार्पण भएको थियो।

लघुकथा समाज कोशीका अध्यक्ष ममता मृदुलले उक्त लघुकथाकृति काठमाडौंका पाठकहरूले निकै चासो दिएकाे हुँदा परिचर्चाको कार्यक्रमकाे आयाेजना गरेकाे बताइन्।

कार्यक्रममा साहित्यकार नवराज सिलवालले लेखक खरेल समाजको अन्याय र अत्याचारको विरुद्ध खुलेर लाग्ने स्रष्टा भएकाे बताए। उनले भने, ‘उहाँ घरघरकाे कथा लेख्नुहुन्छ। समाजको टड्कारो समस्यालाई जीवन्त रूपमा प्रस्तुत गर्न सफल हुनुहुन्छ।’

त्यस्तै कार्यक्रममा विश्वराज पोखरेलले धेरै पुस्तक लेखेका खरेल  ‘ओम तृप्यन्ताम पनि नयाँ दृष्टिकोणको साथ लघुकथा लेखेको बताए।

माननीय अमृत अर्यालले नयाँ काम गरिरहने शंकरको साहस निकै लोभलाग्दो बताए।

कलाकार दीपाश्रीले शंकर खरेल व्यक्तित्वबारे बोलेकी थिइन्। उनले बहु क्षेत्रमा सक्रिय खरेल नउठेका सामान्य मान्छेलाई उठाउने विचारको धनी भएको बताइन्।

पत्रकार अखण्ड भण्डारीले लेखकसँगकाे विगत सम्झिदै खरेल समाजको साँचो चित्र उतार्नु सफल भएको बताए।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अन्य विधामा लागेकाे स्रष्टाहरू पनि लघुकथामा आकर्षित भएकाे बताए। उनले भने,  ‘एउटा महाकाव्यमा व्यक्त गरिएका कुरा पनि लघुकथामा व्यक्त गर्न सकिन्छ। आधुनिक युगमा सबै व्यस्त हुँदै गएका छन्। जसका कारण लामोदेखि अन्य विधामा लागेका स्रष्टाहरू पनि लघुकथामा आकर्षित भएका छन्।  विभिन्न विधामा लागेका स्रष्टाहरू पनि यतैतिर लागेका छन्।’

उनले लामो समयदेखि पत्रकारितामा लागेका खरेलका लघुकथा गुणत्मकताको हिसाबले समकालीन लघुकथाकारभन्दा निकै अगाडि रहेको बताए। उनले भने, ‘पत्रकारिता र साहित्य लेखनको लामो अनुभवले लघुकथा उत्कृष्ट बनेका छन्। समाचारपत्र सम्पादन गर्नु भनेको दिनहुँ पचासौ लघुकथा पढ्नु पनि हाे।’

लघुकथाकार शंकर खरेलले समाचार पत्रमा काम गर्दा गर्दै समाजका कथा लेखेको बताए। उनले कार्यक्रमका वक्ताहरूले लघुकथा निकै राम्रो  भनेर प्रशंसा गरेकाले आफू निकै हौसिएको उनले बताए।  

प्रकाशित: २९ मंसिर २०८० ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App