१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

'फाइटर' को टिजरमा यस्तो देखिए ऋतिक र दीपिका

बलिउड अभिनेता ऋतिक रोशन  र दीपिका पादुकोण अभिनीत फिल्म 'फाइटर' को टिजर सार्वजनिक भएको छ।

शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक्सन र रोमान्स देख्न सकिन्छ।

फिल्ममा ऋतिक रोशन दीपिका पादुकोणसँगै अनिल कपूरको मुख्य भूमिका छ।

कपूर ग्रुप क्याप्टेन राकेश रकी सिंहको भूमिकामा देखिनेछन्। जसमा ऋतिकले स्क्वाड्रन लिडर शमशेर प्याट्टीको भूमिका निभाइरहेका छन् भने दीपिकाले स्क्वाड्रन लिडर मीनल राठौरको भूमिका निर्वाह गरिरहेकी छन्।

यस फिल्म मार्फत ऋतिक र दीपिका पहिलो पटक एक साथ फिल्ममा देखिने छन्।

फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनावरीमा रिलिज हुँदैछ।  

प्रकाशित: २२ मंसिर २०८० ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App