१२ असार २०८१ बुधबार
image/svg+xml
कला

अरिजित सिंहको कन्सर्टपछि के भन्छन् नेपाली कलाकार ?

भारतीय गायक अरिजित सिंहले नेपालमा दिएको प्रस्तुतिको चर्चा राम्रै चलिरहेको छ। नेपाली दर्शकहरूले सिंहले दिएको प्रस्तुति र उनले गरेको व्यवहारलाई खुलेर नै प्रशंसा गरिरहेका छन्।

अझ फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर गीत गाएको कुराले भने नेपाली दर्शकहरूको मन जितेको छ।

यति बेला नेपाली साङ्गीतिक क्षेत्रमा पनि अरिजित सिंहको कन्सर्टलाई लिएर विभिन्न टिका टिप्पणी हुन थालेका छन्। नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन्।

यसैबिच गायक राजेशपायल राईले अरिजित सिंहको कन्सर्ट र भारतीय रियालिटी सो ‘इन्डियन आइडल १४’ मा रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोएर आशीर्वाद लिएको दृश्यलाई लिएर आफ्नो अभिव्यक्ति दिएका छन्।

गायक राईले अरिजित सिंहले काठमाडौं कन्सर्टको समयमा काँधको नेपालको राष्ट्रिय झन्डा बोकेको र रणवीर कपुरले मेनुका पौडेलको खुट्टा छोएर आशीर्वाद लिएको तस्बिर पोस्ट गर्दै प्रश्न गरेका छन्। राईले अरिजित सिंहले जस्तो अन्य देशको झन्डा काँधमा राखेमा वा रणवीर कपूरले जसरी खुट्टा छोएर आशीर्वाद मागेमा नेपाली कलाकारले माफी पाउँथ्यौ कि नाई भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘अरिजित सिंहले नेपाली झन्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौँ कि नाइँ ? जिज्ञासा।’

राईको पोस्टमा अधिकांशले नेपाली कलाकारले त्यसो गरेका श्रद्धाञ्जली दिन्छन् भन्ने जस्ता प्रतिक्रिया दिएका छन्। 

त्यस्तै उनको पोस्टमा नायिका सुरक्षा पन्तले प्रतिक्रिया दिँदै सोचनीय कुरा दाइ भनेकी छिन्। सङ्गीतकार अर्जुन पोखरेलले यो गहन कुरा दाजु भन्दै राईको पोस्टमा प्रतिक्रिया दिएका छन्। 

मोडल तथा अभिनेत्री गरिमा शर्माले ‘देशद्रोही भन्नु हुन्थ्यो धेरैले,’ भन्दै लेखेकी छन्। कमेडियन सन्दीप क्षेत्रीले सबैको कला र कलाकारलाई लिएर ठुलो मन बनोस्,’ लेखेका छन्।

रकस्टार अभया सुब्बाले अरिजितको कन्सर्टपछि सामाजिक सञ्जालमा आएका कुरालाई लिएर धारणा राखेकी छन्। सुब्बाले पाँचबुँदे धारणा सार्वजनिक गर्दै आफ्नो कुरा राखेकी हुन्।

उनले नेपाली सङ्गीतकार ग्रीनरुममा भोड्का र स्कच पिएर बिग्रिएको बताएकी छिन्। उनले ग्रीनरुमलाई घण्टौं लामो प्रस्तुतिको थकानपछि आराम गर्ने थलोको रुपमा व्याख्या गरेकी छन्। प्रयोग गरेर छाड्ने प्रवृत्तिले नेपाली सङ्गीत क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ।

प्रकाशित: १२ मंसिर २०८० ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App