१२ असार २०८१ बुधबार
image/svg+xml
कला

राजेश पायलको प्रश्न: अरिजित र रणवीरले जस्तो हामीले गरेको भए माफी पाउथ्यौँ कि नाइँ ?

भारतीय गायक अरिजित सिंहले नेपालमा दिएको प्रस्तुतिको चर्चा राम्रै चलिरहेको छ।  नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन्।

फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर गीत गाएको कुराले भने उनको राम्रै चर्चा चलिरहेको छ। 

त्यस्तै यता भारतीय रियालिटी सो ‘इन्डियन आइडल १४’ विशेष गेष्टको रुपमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोएर आशीर्वाद लिएको दृश्यको पनि राम्रै चर्चा लिएको छ।

यही दुबै सन्दर्भलाई लिएर गायक राजेशपायल राईले आफ्नो धारणा राखेका छन्। राईले अरिजित सिंहले जस्तो अन्य देशको झन्डा काँधमा राखेमा वा रणवीर कपूरले जसरी खुट्टा छोएर आशीर्वाद मागेमा नेपाली कलाकारले माफी पाउथ्यौँ कि नाई भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘अरिजित सिंहले नेपाली झन्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौँ कि नाइँ ? जिज्ञासा।’

प्रकाशित: १२ मंसिर २०८० ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App