१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

संस्कार

लघुकथा

बरको चौतारा छेउमा ठेलामा तरकारी बेच्ने मेनका। सधैं चटपटे बेचेर जीवन खियाइरहेकी सावित्री र मकै पोल्ने उर्मिला थिए।

चौतारामा मान्छेको चहलपहल छ। त्यहीं छिमेकमै कार्की आमा बस्छिन्।

मेनकाले पोल खोलिन्,‘दिनभर काम छैन, डुलीडुली हिंड्नुपर्छ। जोसित पनि नजिकिनुपर्छ। कर्किनी बुढी पटक्कै मन पर्दैन।’

सावित्रीले ओठ लेप्राउँदै थपिन्,‘यी कम्ताकी छन्। नचिनेकालाई कोट्याएर बोलाउने। कहाँ मिठो खानपान छ, सुँघ्दै हिंड्छिन्।’

म त्यो टोलको नयाँ भाडावाल थिएँ। प्रत्येक घरको कुराकानी गरेको सुनेर छक्क पर्थे।

वल्लो घर पल्लो घरमा तीजको चहलपहल छ। टोलटोलको दरमा जता पनि पुगिन् सावित्री। नाच्न र गाउन सिपालु रौसे छन्। दुई दिनको जिन्दगी खाई सार कि लाई सार मरेपछि लम्पसार भन्दै तिन ठाउँबाट दर खाइसकेकी थिइन्।

आज कुसें औंसी अर्थात् बुवाको मुख हेर्ने दिन सावित्री रातिदेखि नै पेट दुखेर बान्ता भएछ। फत्राकफत्राक परेर रुन थालिन्।

बिहान अस्पताल लगे। ‘डाक्टरले एपेन्डिस हो। तुरुन्त अपरेसन गर्नुपर्छ’ भन्दा लगेकाले मुखामुख गरेर सोचमग्न भएर भने, ‘बिरामीको आफन्त कोही छैन। औषधिले ठिक पार्दिनुस्।’

‘कार्की आमा सुनेर सोध्दै अस्पताल पुगिन्। अपरेसन तुरुन्तै गर्नु, म छु।’ विश्वास दिलाइन्।

चकमन्न सुनसान रातमा रुँगिन्। तातो र चिसो दिन तत्पर रहिन् र सेवा गरिन्। सावित्राको आपत पर्दा नगर्नै आफन्तसित सम्बन्धको दूरी टाढियो।

कार्की आमाको साथसहयोग मन र भावनाबाट निस्केको सेवा मात्र थिएन। तन, मन र धनले गरेको सहयोगले सावित्री नतमस्तक हुँदै भनिन्, ‘तपाईलाई हामी केके भन्थ्यौ आमा! तपाई त...!’

-लु भो चुप लाग। मलाई सबै थाहा छ। यो तिम्रो दोष हैन। संगत र संस्कारले बोलेका हौ।

 -लक्ष्मी पोखरेल

प्रकाशित: १० मंसिर २०८० ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App