२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सिंहदरबार

लघुकथा

‘तपाईंकै गाउँमा आयो सिंहदरवार।’ मसिनेले निकै जोडले भन्यो।

पर्र ताली पड्के। सबैले चाहेको त्यै थियो। सिंहदरवार गाउँमा आएपछि अब कसो गाउँको विकास न होला?

मसिनेले भन्यो,‘मलाई वडाध्यक्षमा जिताउनुस्। यो वडा विकासले धपक्क बल्नेछ। यहाँ कसैले एक पैसा तलमाथि गर्न पाउँदैनन्। वडाको सबै हिसाबकिताब पारदर्शी राखिने छ।’

ऊमाथि सबैले विश्वास गरे। भारी मतले ऊ विजयी भयो। वडाबासी गदगद् भए। उसलाई सबैले बधाई दिए।

केही समयपछि ऊमाथि शङ्का गरियो। गाउँको बजेट सही तरीकाले प्रयोग भएको देखिएन। गाउँबासीले वडाको बजेट पारदर्शिताको हिसाब खोजे।

वडाध्यक्षले भने, ‘अहिलेको बजेट अप्रत्यक्ष रूपबाट खर्च भएको छ। यसको हिसावकिताब दिन मिल्दैन।’

वडाबासीले एकस्वरमा भने,‘कस्तो हिसाब किताब हो, देखाउन न मिल्ने?’

वडाध्यक्षले रिसले चूर हुँदै भने,‘यो तपाईहरूले सोध्ने कुरा होइन। हामीले भनेपछि सकियो।’

 -तुलसी पण्डित

प्रकाशित: ६ मंसिर २०८० ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App