५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपा नेवाःखलः कास्कीलाई

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत गरिने भएको छ।

नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले हिजो पोखरामा नेवाःखलः कास्कीका कार्यसमिति र सल्लाहकार तथा सदस्यमाझ जानकारी दिए। नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेले यस सम्मानले नेवार समुदायमा अझ धेरै भाइचारा बढ्ने बताउँदै संस्कृति संरक्षण र प्रवर्द्धनमा यसले ठूूलो सहयोग पुग्ने बताए।

सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना विसं २०७६ (नेपाल संवत् ११४०)मा झि पुचःका संरक्षक एवं समाजसेवी सुर्दशनबहादुर श्रेष्ठ तथा उनका परिवारले गरेका थिए।यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन एवं जगेर्ना गर्ने संस्था वा व्यक्तिलाई झि पुचःमार्फत प्रत्येक दुई /दुई वर्षमा कदरस्वरुप प्रदान गरिन्छ।

श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपाद्वारा सम्मान र रु दुुई लाख नगद पुरस्कार दिन रु २० लाखको अक्षयकोष खडा गर्ने उद्घोष गरेअनुसार झि पुचः विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई विशेष समितिमार्फत काम गर्दै आएको छ।

प्रकाशित: ३ मंसिर २०८० ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App