२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘दिमाग खराब’ को उत्साहजनक ‘ओपनिङ’

नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा प्रदर्शन सुरु भएको छ। मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको प्रदर्शन सुरु भएको हो।

तीनै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले बताए। ठकुरीका अनुसार फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ।

‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ ठकुरीले भने, ‘नेपालमा हिन्दी फिल्मको चेपुवामा परेर दर्शक संख्या राम्रो हुँदा हुँदै दिमाग खराबले कम शोज पाएको अवस्थामा हामीले दुबईमा राम्रो शोज पाएका छौं। पहिलो दिन धेरैजसो हलमा हाउसफुल दर्शक देखिए। त्यसैले शोज संख्या अझै बढ्न सक्छ।’

ठकुरीका अनुसार ‘दिमाग खराब’ २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि प्रदर्शन हुँदै छ। निश्चल बस्नेतले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदि कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २ मंसिर २०८० ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App