१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

देउसुरे

लघुकथा

‘माइचाङ्ग! आज भारी बोकेको पैसा भरे देउसेका लागि छुट्टाइएको छ होइन?’ नाम्लो बिसाउँदै थेवाले भन्यो।

‘त्यो पनि सिकाउने कुरा हो? वर्ष दिनको चाडमा दान पुण्य गर्नु भनेको ईश्वरको नजिक पुग्नु हो।’ गजक्क भएर पत्नीले जवाफ दिई।

‘ए त्यसो भए हाकिम साहबहरू पनि आउँछु भनेका छन्। तयार बस्नू है!’

‘लौ आयो! तल्लो घरे मण्डलकोमा मादल घन्कियो। लुलु! तैनाथ बस।

सेल रोटी, जैविक रक्सी, फूलमाला, दियो, दक्षिणा नाङ्गलामा सजाई  माइचाङ्ग बाहिर निस्कदा मादलको आवाज मधुरो हुँदै जाँदै थियो।

 -महेन्द्र माेक्तान

प्रकाशित: ३० कार्तिक २०८० ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App