१३ असार २०८३ शनिबार
image/svg+xml
कला

तिहार

लघुकथा

उमङ्गीत वातावरण थियो। यमपञ्चक शुरू भैसकेको थियो। विदेशबाट छुट्टीमा आएको राजनसँग जुठेको भेट भयो।

‘आहा,कति रमाइलो चाड है, यो तिहार!’ राजनले जुठेसँग भन्यो।

‘खाेई, के रमाइलो भन्नु र ...?’ जुठेले निधार खुम्चायो।

‘सप्तरंगी टिका! मखमली र सयपत्री फूलको माला! झिलिमिली झल्लर! देउसी र भैलो! तँलाई किन रमाइलो लाग्दैन्?’ राजनले सोध्यो।

जुठेले गुनासो गर्‍यो,‘देशको आर्थिक अवस्था दयनीय छ। फूल र माला विदेशी! झल्लर पनि विदेशी!! हाम्रो भन्नु त त्यही तिहार मात्रै त हो नि! हैन, र ...?’ 

-तिलक तारामी रेशाली

प्रकाशित: ३० कार्तिक २०८० ०२:३४ बिहीबार

अक्षर